काठमाडौँ– नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ।
मंगलबार आयोजक महाधिवेशन निर्देशन समितिले सहिद दिवसको अवसर पारेर एक कार्यक्रमका बीच सहिद गेटमा ट्रफी अनावरण गरेको हो।
माघ १० गतेदेखि सुरु भएको सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा सङ्कटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती) फाइनलमा प्रवेश गरिसकेका छन्।








