काठमाडौँ– त्रिकोणात्मक टी-ट्वान्टी सिरिजअन्तर्गत नेदरल्यान्ड्सले नेपालसामु १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभर खेल्दै ४ विकेट गुमाएर १५८ रनको लक्ष्य प्रस्तुत गरेको हो।
नेदरल्याण्ड्सकी रोबिनी रिज्केले अविजित ५९ रन बनाइन्। नेपालकी सिता रानामागर, ईश्वरी विष्ट, पूजा महतो र कविता कुँवरले एक एक विकेट लिए।
ट्वान्टी वरियतामा नेदरल्याण्ड्स १६औंँ स्थानमा रहँदा नेपाल भने २०औं स्थानमा छ। नेपालले अहिले ब्याटिङ गरिरहेकाे छ।


