नाम्चे- सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ नाम्चेबजारमा हुरीले घरको छानो उडाएको छ। माघ १७ गते दिउँसो हुरीको कारण ६ वटा घरको छानो उडाएको सोलु प्रहरीले जानकारी दिएको छ।
घरको छानो उडाए पनि मानवीय र चौपायाको क्षति नभएको प्रहरीको भनाइ छ।
नाम्चेबजारका पासाङ ल्हामु शेर्पाको ढुङ्गामाटोले बनेको टिनको छानो भएको २ तले घरको टिनाको छाना पुरै उडाएको छ। यस्तै नाम्चेकै लामा काजी शेर्पाको भुईतले घरको टिनाको छाना उडाएको छ।
यसैगरी निमा नुरु शेर्पाको ५०० वाटको सोलार प्यानल थान-१० उडाइदिएको छ। दोर्जे लामाको खङ्ग्री होटल एण्ड लजको ५०० वाटको सोलार प्यानल थान १० उडाएको छ।
आङ नुरु शेर्पाको होली डे होटल एण्ड लजको ५०० वाटको सोलार प्यानल थान ३ उडाएको छ। बस्ने सोनाम दावा शेर्पाको खुम्बुचे लजको २०० वाटको सोलार प्यानल थान १६ उडाएको सोलु प्रहरीले जानकारी दिएको छ।









सबै तस्बिर : सोलु प्रहरी


