काठमाडौँ – जारी सिजनको युइएफए च्याम्पियन्स लिगको प्लेअफ ड्र सार्वजनिक भएको छ।
लिगमा नवौं देखि २४औं स्थानमा रहेका १६ टोलीमध्ये आपसमा भिड्ने ड्रअनुसार स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटी प्लेअफमै भिड्ने भएका छन्। जसअनुसार अब यीमध्ये एक क्लब अन्तिम १६ बाटै बाहिरिने पक्का छ।
दुई लेग (दुई खेल) खेलेपछि एक टोली बाहिरनेछन्। सिटी र रियलबीचको खेलको विजेताले अन्तिम १६ मा एट्लेटिको म्याड्रि वा बायर लेभरकुसेनमध्ये जसले जित्नेछ ऊसँग खेल्नुपर्ने हुन्छ।
प्लेअफ ड्रअनुसार पीएसजीले ब्रेस्टसँग खेल्नेछ भने एटलान्टाले क्लब ब्रुर्गसँग खेल्नेछ। त्यस्तै युभेन्ट्स भर्सेस पिएसभी, एसी मिलान भर्सेस फेयेनुर्ड, बार्यन म्युनिख भर्सेस सेल्टिक, स्पोर्टिङ सिपी भर्सेस बोरुसिया डर्टमुन्ड र मोनाको भर्सेस बेन्फिका आमनेसामने हुनेछन्।


