काठमाडौँ : त्रिकोणात्मक महिला टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलामा शनिबार आज नेपालले थाइल्याण्डसँग खेल्दैछ।
खेल दिउँसो सवा १२ बजे कीर्तिपुरपस्थित त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ।
नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँँग २० रनले पराजित भएको थियो।
यसअघि हिजो भएको खेलमा भने थाइल्यान्डले नेदरल्यान्ड्समाथि जित निकालेको थियो।


