एजेन्सी – अमेरिकामामा फेरि अर्को विमान दुर्घटना भएको छ।
अमेरिकाको फिलाडेल्फियामा रहेको एउटा सपिङ मल नजिक दुई जना यात्रु बोकेको एउटा सानो विमान दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
यस घटनामा ६ जनाको मृत्यु भएको बताइएको छ। फिलाडेल्फिया इन्क्वायरर पत्रिकाले प्रहरीलाई उद्धृत गर्दै दुर्घटना शुक्रबार बेलुका ६ बजे भएको बताएको छ।
एपी रिपोर्टका अनुसार यस विमान दुर्घटनामा धेरै घर र कारमा आगो लागेको छ। घरहरूमाथि विमान खसेको थियो। फिलाडेल्फियाको आपतकालीन व्यवस्थापन कार्यालयले सामाजिक सञ्जालमा दुर्घटना भएको पुष्टि गरेको हो।
फिलाडेल्फिया सीबीएस सम्बद्धले दुर्घटना स्थलमा ठूलो आगो र धेरै फायर इन्जिनहरूको फोटोहरू सार्वजनिक गरेको छ।
फिलाडेल्फिया अमेरिकाको पेन्सिलभेनिया राज्यको सबैभन्दा ठूलो सहर हो। यो राज्यको दक्षिणी भागमा डेलावेयर नदीको छेउमा अवस्थित छ।
बुधबार पनि वासिङ्टन डिसीमा आकाशमै एउटा सैनिक हेलिकप्टर र एउटा यात्रुवाहक विमान ठोक्किँदा दुवै विमानमा सवार सबै ६७ जनाकै मृत्यु भएको थियो।


