काठमाडौँ – ला लिगामा शनिबार राति इस्पनयोलसँग पराजित भएसँगै रियल मड्रिडको शीर्ष स्थानको अंकदूरी जम्मा एक अंकमा सीमित भएको छ।
इस्पानियोलको घरेलु मैदानमा रियल १-० गोअन्तरले पराजित भएको हो। इस्पनयोलका लागि कार्लोस रोमेरोले ८५ औं मिनेटमा निर्णायक गोल गरेका थिए। योसँगै जारी लिगमा रियलको हार संख्या ३ पुगेको छ।
रेलिगेसनबाट बच्न संघर्षरत इस्पनयोलका लागि भने यो तीन अंक बहुमूल्य रह्यो ।
उता अर्को खेलमा भने एटलेटिको मड्रिडले रियल मार्लोकालाई २-० ले हरायो। एट्लेटिकोले रियलसमान २२ खेलमा ४८ अंक बनाएर दोस्रो स्थानमा यथावत् छ।
अब अर्को साता मड्रिड डर्बीमा रियल र एटलेटिको नै भिड्नै छन्।


