काठमाडौँ – ब्रेस्टमाथि फराकिलोअन्तरको जित निकाल्दै पेरिस सेन्ट जर्मनले (पीएसजी) ले फ्रेन्च लिग वानमा अपराजित यात्रा कायम राखेको छ।
गएराति भएको खेलमा ५-२ अन्तरको जित निकाल्ने क्रममा पीएसजीका लागि उसमान डेम्बेलेले ह्याट्रिक पूरा गरे भने क्यान्सेलो रामोसले २ गोल गरे। २९, ५७ र ६२ औं मिनेटमा गोल गर्दै डम्बेलेले ह्याट्रिक पूरा गरेका हुन्। साथै उनले जारी लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा पनि उक्लिएका छन्। उनले लिगमा १४ गोल गरे।
२० खेलबाट ५० अंक बनाएको पीएसजीले हालसम्म ५ वटा बराबरी खेलेको छ। दोस्रो स्थानको मार्सेलीभन्दा पीएसजीको १३ अंकको अग्रता छ।


