काठमाडौँ – प्रिमियर लिगमा गएराति आर्सनलले घरेलु मैदानमा म्यानेस्टर सिटीमाथि ५-१ को फराकिलो जित निकालेको छ।
सिटीवरुद्ध आर्सनलले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गरेर अग्रता लिएको थियो। सो गोल कप्तान मार्टिन ओडेगार्डले गरेका थिए । ५५औं मिनेटमा सिटीका लागि अर्लिङ हालान्डले बराबरी गोल फर्काए । तर त्यसपछि आर्सनलको बेग सिटीले थेग्न सकेन । सिटीले बराबरी गोल गरेको १ मिनेटमै आर्सनलका लागि थोमस पार्टेले गोल गरेर अग्रता दिलाए । ६२औं मिनेटमा युवा खेलाडी माईलेस लेविस स्केल्लीले गोल गरे । आर्सनलका लागि यो उनको पहिलो गोल थियो ।
त्यसपछि ७६औं मिनेटमा काई हाभर्ट्जले गोल गरेर सिटीलाई झन् पछि पारे । यो गोलअघि उनले खेलको १०औं मिनेटभित्रै एक राम्रो अवसर खेर फालेका थिए ।
आर्सनलका लागि पाँचौं गोल इन्जुरी समयमा इथान वानेरीले गरेर सिटीवरुद्ध ५–१ को जित पक्का गरे । अ
ब यो जितपछि आर्सनल २४ खेलबाट ५० अंकका साथ दोस्रो स्थानमा कायम छ भने सिटी ४१ अंकका साथ चौथो स्थानमा छ । आर्सनल अझै पनि एक खेल कम खेलेको लिभरपुलभन्दा ६ अंकले पछि छ ।
उता अर्को म्यानचेस्टर युनाइटेडले पनि गएराति हार बेहेरेको छ। युनाइटेडले क्रिस्टल प्यालेससँग २-० गोलअन्तरले हारेको हो। हारसँगै युनाइटेड १३ औं स्थानमा खुम्चिएको छ। त्यस्तै क्रिस्टल प्यालेसँग टोटनहामले पनि समान गोलअन्तरले हार बेहोरेको छ।


