२०८३ कार्तिक १७ गते सोमबार

सिड बैठकमा नेपाली किशोरीका समस्याबारे प्रकृति श्रेष्ठले दिइन् प्रस्तुति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २३
WhatsApp Image 2025-02-05 at 10.21.47

काठमाडौँ- महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड)काे बैठकमा नेपालका नागरिक समाजले प्रस्तुति दिएका छन्। नेपालका तर्फबाट १७ वर्षीया प्रकृति श्रेष्ठ र महिला कानुन तथा विकास मञ्च (एफडब्लुएलडी)का सागर पाठकले सिड बैठकमा प्रस्तुति दिएका हुन्।

स्विट्जरल्यान्डको जेनेभामा जारी सिडको बैठकमा श्रेष्ठले नेपाली नागरिक समाजको तर्फबाट उक्त प्रस्तुति दिएकी हुन्। उनले नेपालमा कानुनी व्यवस्था प्रगतिशील हुँदै गएतापनि अझै पनि महिला पुरुषभन्दा कमजोर रहेको मान्यता विद्यमान रहेकाले किशोरीलाई सीमित अवसर मात्र दिने गरिएको उल्लेख गरिन्।

शैक्षिक संस्थाहरुमा सुलभ पूर्वाधारहरुको अभावले गर्दा विशेष गरी अपाङ्गता भएका विद्यार्थीहरुका लागि विभिन्न प्रकारको अवरोध सिर्जना गरेको र नेपालमा ६० प्रतिशत अपाङ्गता भएका र आदिवासी जनजाति बालिकाहरुले पहुँचको अभाव, भाषिक, सामाजिक र सांस्कृतिक अवरोधहरु, विद्यालयमा हुने बुलिङ्जस्ता कारणहरुले गर्दा विद्यालय छोड्न गरेको श्रेष्ठले प्रस्तुतिमा उल्लेख गरिन्।

नेपालमा छाउपडी प्रथाको अपराधिकरण भएता पनि गएको २ महिनामा मात्रै ८५५० छाउगोठ भत्काइएका छन्। सन् २०२१ को राष्ट्रिय जनगणनाले बालविवाहको अझै पनि उच्च प्रचलन रहेको देखाउँदछ भने २२.३% व्यक्तिहरुले १५ देखि १७ वर्षको उमेर र ०.३% ले १० वर्ष अघिनै विवाह गरेको देखाउँछ र यही आर्थिक वर्ष २०२३–०२४ मा पनि ५२ वटा घटनाहरु दर्ता गरिएको तथ्यांक श्रेष्ठले प्रस्तुतिमा उल्लेख गरिन्।

उनले दिगो विकासको लक्ष्य ४.५ प्रतिशत अनुरुप शिक्षामा बजेट बढाई शिक्षामा सर्वव्यापी पहुँचको सुनिश्चितता गरी विद्यमान लैङ्गिक असमानताको सम्बोधन गर्न सुझाव समेत दिइन्। बालविवाहसम्बन्धी कानुनहरूमा संशोधन गरी नाबालिगलाई हुने आपराधिक अभियोजन रोक्नु पर्ने र उनीहरूको सुरक्षा र सहयोगमा विशेष जोड दिनुपर्ने उनको सुझाव छ।

श्रेष्ठले पहुँचको सुनिश्चितिता गर्न, अन्तर–सांस्कृतिक शिक्षण विधिहरू अपनाउन र आदिवासी जनजाति समुदायहरूको मातृ भाषामा पहुँच सुनिश्चित गर्न विद्यालय व्यवस्थामा सुधार गर्नु पर्ने र अभिभावकहरू माझ जागरूकता फैलाउनु पर्ने, अपाङ्गता भएका साथै आदिवासि जनजाति बालिकाहरूको ज्ञानस्तर मा सुधार ल्याउनु पर्ने र उनीहरूको परिवारलाई उनीहरूको अधिकार र शिक्षाको महत्वकोबारे जानकारी दिनुपर्ने बताएकी छिन्।

नेपालबाट नागरिक समाजको तर्फबाट ६ वटा प्रस्तुति रहेका थिए। महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) की अधिवक्ता बिनु लामाले नेपालमा नागरिकता प्राप्त गर्न हुने लैंगिक विभेदबारे प्रस्तुति दिएकी थिइन्। उनले नेपाली महिलाहरू र सीमान्तकृत समुदायको अधिकारलाई घटाउँदै गएको उल्लेख गरिन। उनले संविधानले नै विभेद गरेको उल्लेख गरिन्।

नेपालका महिलालाई आफ्ना सन्तानलाई नागरिकता दिन समान अधिकार दिइएको छैन। संविधानका धारा ११(२), ११(५), र ११(७) ले एकल आमालाई आफ्ना सन्तानलाई नागरिकता दिन अनुमति दिँदैन। जबकि, धारा ११(६) र नेपाल नागरिकता ऐनको धारा ५(१) ले नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई नागरिकता दिन्छ, तर नेपाली महिलाका श्रीमतीहरू र लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई यो अधिकार दिइएको छैन। यसैगरी, धारा ११(३) ले जन्मबाट नेपाली नागरिक भएका सन्तानलाई नागरिकता प्राप्त गर्नका लागि दुवै अभिभावक नेपाली हुनुपर्ने आवश्यकता रहेको र जसका कारण नेपाली आमाका सन्तानहरू राज्यविहीन हुन सक्ने जोखिम रहेको उनको प्रस्तुतिमा थियो।

यसैगरी नागरिक समाजको तर्फबाट एफडब्लुएलडीका अधिवक्ता सागर पाठकले नेपालमा यौन र लिंग आधारित हिंसासँग सम्बन्धित समस्याहरूको बारेमा प्रस्तुति दिएका थिए। उनले नेपाल प्रहरीको तथ्यांक अनुसार २०२३/०२४ मा २ हजार ५ सय ४० बलात्कारका घटना दर्ता भएको जसमा ६.७५ को वृद्धि भएको, ९३.९५ घटनामा पीडितलाई चिन्ने व्यक्तिद्वारा हिंसा भएको, दण्डका लागि कानुनको अभाव र भएका कानुनको कार्यान्वयनमा समस्या रहेको उनको प्रस्तुतिमा थियो।

प्रकाशित: २०८१ माघ २३ गते बुधबार ११:५५
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना