काठमाडौँ- नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड भक्तपुर दरबार क्षेत्रको भ्रमण गरेका छन्।
बुधबार बिहान ठिमीस्थित एसओएसको कार्यक्रम सकेर उनी ११ बजे भक्तपुर दरबार क्षेत्रको भ्रमण गरेका हुन्।
काठमाडौँ आइपुग्ने बित्तिकै बेलायती राजकुमार दम्पतीले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका थिए।
भेटमा राजकुमार एडवार्डले ब्रिटिस गोर्खा सैनिकहरू द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण कडी भएको बताएका थिए।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बेलायती सेनाका गोर्खा–ब्रिगेडका प्रमुख मेजर–जनरल जेराल्ड स्ट्रिकल्याण्डले ब्रिगेड अफ गोर्खा को सन् २०२४ को वार्षिक प्रतिवेदन पेस गरेका थिए।












तस्बिर : नेपाल फोटो लाइब्रेरी


