काठमाडौँ – इएफएल कप इंग्लिस लिग कपमा गएराति न्यु क्यासल युनाइटेडसँग पराजित भएपछि सिजनको पहिलो उपाधि जित्ने होडमा रहेको आर्सनको सपना चकनाचुर भएको छ।
सेमिफाइलनको दोस्रो लेगमा पनि आर्सनल २-० गोलअन्तरले हारेसँगै समग्रमा ४-० ले पराजित भयो।
जितसँगै न्यु क्यासल फाइनलमा प्रवेश गरेको छ। न्यु क्यासलका जोका मुर्फीले १९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा एन्थोनी गोर्डोनले ५२ औं मिनेटमा गोल गरेका थिए।
अब न्यु क्यासलले लिभरपुल वा टोटनहामध्ये एउटा टोलीसँग उपाधिका लागि भिडन्त गर्नेछ।
