२०८३ कार्तिक १३ गते बिहिबार

बंगलादेशमा फेरि भड्कियो हिंसा, मुजिबुर रहमानको घरमा तोडफोड

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २४
bangladesh_mujibur_rahman

ढाका- बंगलादेशमा फेरि हिंसा भड्किएको छ। पूर्वप्रधानमन्त्री शेख हसिना देश छाडेर भागेपनि उनकै कारण बंगलादेश फेरि अशान्त भएको छ।

अवामी लिगको प्रस्तावित राष्ट्रव्यापी विरोध प्रदर्शनअघि बुधबार राती बंगलादेशका धेरै सहरमा फेरि हिंसा भड्किएको स्थानीय सञ्चारमाध्यमहरूमा उल्लेख छ।

प्रदर्शनकारीले शेख हसिनाका पिता तथा बंगलादेशका संस्थापक शेख मुजिबुर रहमान ’बंगबंधु’को ढाकास्थित धनमन्डी–३२ मा रहेको निवासमा तोडफोड तथा आगजनी गरेका छन्।

त्यस्तै खुलनामा शेख हसिनाका काकाका छोराहरु शेख सोहेल, शेख ज्वेलको घर बुलडोजरले भत्काइदिएका छन्।

सामाजिक सञ्जालमा ’बुलडोजर र्‍याली’ को घोषणा भएपछि हिंसा भएको थियो।

आक्रमण हुँदा सुरक्षाकर्मी पनि उपस्थित भएको तर भीड नियन्त्रणमा लिने प्रयास नगरेको आरोप छ।

बुधबार राति र बिहीबार बिहान देशभर प्रदर्शनकारीहरूले शेख हसिनाको पार्टी अवामी लिगका नेताहरूको घरमा तोडफोड गरेका जनाइएको छ।

भारतमा रहेकी शेख हसिनाको अनलाइन कार्यक्रम हुनुभन्दा ठीक अगाडि हिंसा सुरु भएको थियो। बंगलादेशको अग्रणी अखबार ’द डेली स्टार’मा सामाजिक सञ्जालमा भाइरल पोस्टहरू अनुसार शेख हसिनाको ’बंगलादेश विरोधी गतिविधि’ का कारण यो विरोध प्रदर्शन गरिएको उल्लेख गरेको छ।

शेख हसिनाका विरोधीहरूले उनी भारतमा बसेर बंगलादेश विरोधी गतिविधि गरिरहेको आरोप लगाएका छन्। प्रदर्शनकारीले शेख हसिनाको पार्टीको विद्यार्थी शाखा छात्र लिगले एक अनलाइन कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा शेख हसिनाले फेसबुक मार्फत बोल्ने जनाइएको थियो। कार्यक्रमको समय राति ९ बजे तोकिएको थियो। लगत्तै प्रदर्शनकारीहरूले ’बुलडोजर प्रदर्शन’को आह्वान गरेका थिए।

प्रत्यक्षदर्शीका अनुसार उनीहरूले त्यहाँ स्थापित शेख मुजीबुरहमानको भित्ते चित्र बिगार । राती ९ः३० बजे भवनमा आगलागी सुरु भएको थियो।

यसपछि राति २ बजेतिर भवनको एक भाग भत्काइयो। एक प्रदर्शनकारीले उनीहरूले संग्रहालयमा परिणत भएको घरलाई ’फासीवाद’ को प्रतीक भएकोले जलाउन चाहेको बताएका छन्। यता बंगलादेशमा आफूविरुद्ध भइरहेको गतिविधिप्रति हसीनाले रोष प्रकट गरेकी छन्।

उनले आफ्नो सम्बोधनमा देशवासीहरुलाई अपिल गर्दै वर्तमान शासनविरुद्ध संगठित प्रतिरोध गर्न आह्वान गरेकी छन्।

‘उनीहरूले भवनलाई ध्वस्त गर्न सक्लान्, तर इतिहासलाई सक्दैनन्। तर उनले यो पनि याद राख्नु पर्छ कि इतिहासले आफ्नो बदला लिनेछ,’ युनुस सरकारलाई भारतबाटै हसिनाले चेतावनी दिएकी छन्।

गएको वर्ष सरकारी कोटामा आरक्षणको विषयमा भएको विद्यार्थी आन्दोलनले हिंस्रक रुप लिएपछि हसीना देश छाडेर अगस्ट ५ मा भारत आएकी थिइन्।

प्रकाशित: २०८१ माघ २४ गते बिहिबार ०२:२७
प्रतिक्रिया

थप समाचार

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना