काठमाडौँ – फेरान टोरेसको ह्याट्रिक मद्दतले बार्सिलोना स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा पुगेको छ।
बिहीबार राति भएको खेलमा भ्यालेन्सियालाई बार्सिलोनाले ५-० ले पराजित गरेको हो। टोरेसले ३० मिनेटभित्र ह्याट्रिक पूरा गरेका थिए।
टोरेसले तेस्रो, १७औँ र ३०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । लोपेजले खेलको २३औँ मिनेटमा गोल गरे । यामलले ५९औँ मिनेटमा गोल गरे ।
बार्सिलोनाले १० दिनअघि मात्रै लालिगामा भएको खेलमा भ्यालेन्सियामाथि ७-१ को फराकिलो जित निकालेको थियो।
गएराति नै भएको अर्को क्वाटरफाइनलमा रियल सोसिडाड विजयी भएको छ । रियलले ओसासुनालाई २-० ले पराजित गर्दै सोसिडाडले अन्तिम चारको यात्रा तय गर्यो।
बिहीबारको दुई खेल सम्पन्न भएसँगै सेमिफाइनलमा पुग्ने चार वटै टिमको टुंगो लागेको छ । रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड यसअघि नै सेमिफाइनल पुगिसकेका छन्।
