काठमाडौं – भोलिबाट काठमाडौंमा सुरु हुने एभीसी सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप खेल्नको लागि ६ देशका टिम नेपाल आइपुगेका छन्।
नेपालमा गएको शनिबार विहानदेखि आइतबार विहानसम्ममा छ टिम नेपाल आइपुगेको हो। प्रतियोगिता भोलिबाट त्रिपरेश्वरको कभर्डहलमा सुरु हुँदैछ। यो प्रतियोगितामा आठ टिमको सहभागीता रहेको छ भने सहभागीमध्ये माल्दिभ्स मात्र आउन बाँकी रहेको छ।
प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ। यो समूहमा रहेको बंगलादेश शनिबार नै नेपाल आएको थियो। त्यस्तै, भारत पनि नेपाल आइसकेको छ। त्यसबाहेक कीर्गिस्तान पनि नेपाल आइसकेको छ।
त्यस्तै समूह बीमा रहेका उज्वेकिस्तान, श्रीलंका र काजकास्तान नेपाल आइपुगेका छन्। यो समूहमा माल्दिभ्स मात्र आउन बाँकी छ। यता, आयोजकले आजै सबै टिम नेपाल आइपुग्ने जानकारी दिएको छ।
प्रतियोगिताको लागि आज अपह्रान्ह सबै टिमले च्याम्पियनसिपको ट्रफी सार्वजनिक गर्नेछन्। आउँदो जेठ १४ गतेसम्म हुने प्रतियोगितामा नेपालले पहिले दिन कीर्गिस्थानसँग खेल्नेछ। त्यस्तै, नेपालले जेठ ९ गते बंगलादेशसँग र जेठ १० गते भारतसँग खेल्नेछ।
समूह ए र बीमा सिंगल राउन्ड रोबिन लिगपछि शीर्षस्थानमा रहेका दुई टिम सेमीफाइनलमा पुग्नेछन्।


