काठमाडौँ- काठमाडौँको बुढानीलकण्ठमा रहेको एक घरमा प्रहरीले छापा मारेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारी नेतृत्वको टोलीले आइतबार छापा मारेको हो।
दुईतले सो घरमा सट्टेबाजी खेल भइरहेको सूचना पाएपछि प्रहरीले छापा हानेर २३ जनालाई पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्तिहरूबाट प्रहरीले ८८ थान मोबाइल र १० वटा ल्यापटप बरामद गरेको छ।
उनीहरुको धन्दाबारे अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ।


