काठमाडौँ – गोल गरेको १५ मिनेटमा फेर्मिन लोपेजले रातो कार्ड खाएर १० खेलाडीमा सीमित भएको बार्सिलोनाले गएराति (आज बिहान) सेभिल्लामाथि उसकै मैदानमा ४-१ को फराकिलो जित निकालेको छ।
स्पेनिस ला लिगामा यो जितसँगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँग मात्र २ अंकको दूरीमा झार्न सफल पनि भएको छ।
पहिलो हाफको सातौँ मिनेटमा रोवर्टो लेवान्डोस्कीको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो।
तर त्यसको एक मिनेटमै बार्सिलोनाले गोल खाएको थियो। बार्सिलोनाले गोल गरेको १ मिनेटपछि नै रुवेन भार्गसले सेभिल्लालाई बराबरीमा ल्याएका थिए।
वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका फर्मिनले दोस्रो हाफको सुरुवातमा नै गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाएका थिए। उनी पहिलो हाफको ३८ औँ मिनेटमा गाभीको स्थान लिदै मैदान छिरेका थिए। तर ६२ औँ मिनेटमा सीधै रातो कार्ड खाँदै मैदान छाडे।
त्यसअघि खेलको ५५ औँ मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले अग्रता फराकिलो पारेको थियो। खेलको ८९ औँ मिनेटमा इरिक गार्सियाको गोलमा बार्सिलोनाले ४–१ को जित दर्ता गर्यो।
रियल मड्रिड ५० अंकमा शीर्ष र एट्लिको मड्रिड ४९ अंकमा दोस्रो स्थानमा छ।
गएराति भएको अन्य खेलमा रियल सोसिडाडले स्प्यानोललाई २–१ ले हरायो। भ्यालेन्सियाले लेगेनासमाथि २–० ले तथा गेटाफेले डिपोर्टिभो अल्भेसमाथि १-० को जित दर्ता गर्यो।


