काठमाडौं – लिभरपुल एफए कपको चौथो चरणबाटै बाहिरिएको छ।
प्लाइमाउथसँग १-० को हार बेहोर्दै लिभरपुलले यो सिजनको एफए कपको यात्रामा पूर्णविराम लगाएको हो। ५३ औं मिनेटमा पेनाल्टीमार्फत गोल खाएको लिभरपुलले अधिकांश समय बल नियन्त्रणमा लिए पनि गोल फर्काउन सकेन।
लिभरपुल आफ्ना प्रमुख स्टार मोहमद सलाह, नुनेज, गोप्को, कोन्टो, कप्तान भान डिजिक सहित ९ प्रमुख खेलाडीबिना मैदानमा ओर्लिएको थियो।
त्यस्तै अर्को खेलमा एस्टन भिल्लाले टोटनहाममाथि २-१ को जित दर्ता गरेको छ।


