ललितपुर – चापागाउँ दोबाटोमा एक गाडीले ठक्करबाट एक बालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका–१५ चापागाउँ दोबाटोस्थित सडकमा बाप्र– ३–०१–०२४ च ९१५५ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने मकवानपुर घर भएका १४ वर्षीय साहन मोक्तानको आइतबार बिहान मृत्यु भएको हो।
आइतबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पताल लगनखेलमा उपचारको क्रममा मृत्यु भएको थियो।
उक्त घटनालगत्तै गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।


