धनगढी- कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन्।
मोहन्याल घर भई बर्दगोरिया गाउँपालिका–२ को झगडपुरमा डेरामा बस्ने १३ वर्षीया बालिकामाथि शनिबार सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ बस्ने ४४ वर्षीय गोपाल विक र सोही ठाउँका १६ वर्षीय किशोर छन्।
स्थानीय विद्यालयमा कक्षा ४ मा पढ्ने उनलाई गोपाल विकले मासु पकाएर ल्याइदिन भनेका थिए। मासु पकाएर विकलाई दिन उनको पसलमा पुगेका बेला पसलको कोठामा लगेर दुवै जनाले जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटनाबारे पीडितकी दिदीले आइतबार साँझ प्रहरीलाई खबर गरेकी थिइन्।


