तनहुँ- व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानुङकोटमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ४ जना पक्राउ परेका छन्।
अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी सुनील कार्कीमाथि कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेमा व्यास–४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास–१ निवासी सुदीप विक छन्।
प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार शनिबार राति २ बजेको समयमा मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको थियो।
उनीहरुविरुद्व अभद्र व्यवहार मुद्दामा अनुसन्धान गर्न ५ दिनको म्याद थप गरिएको छ।
