एजेन्सी – ८६ औं मिनेटसम्म २-२ गोलको बराबरीमा रहेको खेलमा स्पेनी महारथि क्लब रियल मड्रिडले म्यानचेस्टर सिटीमाथि जित निकालेको छ।
मंगलबार राति इत्तिहाद स्डेडियममा भएको खेलमा रियलले घरेलु टोली सिटीलाई ३-२ ले हराएको हो।
युरोपियन च्याम्पियन्स लिगअन्तर्गत प्लेअफको पहिलो लेगमा रियल मड्रिडले अग्रता बनाउने क्रममा केलियन एमबाप्पेले ६०औँ, ब्राहिम डियाजले ८६औँ र जुड बेलिंघमले इन्जुरी समयमा गोल गर्दै जित दिलाए।
सिटीका लागि दुवै गोल अर्लिङ हालान्डले गरे। हालान्डले १९औँ र ८०औँ मिनेटमा गोल गरे पनि सिटीले अग्रता जोगाउन सकेन। हालान्डको दोस्रो गोल पेनाल्टीमार्फत थियो।
दोस्रो लेग रियलको मैदान इमिरेट्स स्टडियममा अर्को साता हुनेछ।
मंगलबार रातिकै अर्को खेलमा पीएसजीले ब्रेस्टलाई तथा बोरुसिया डर्टमन्डले स्पोर्टिङलाई समान ३-० ले र युभेन्टसले पीएसभीलाई २-१ ले हराए।
