बुटवल – रून्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा तोडफोड भएको छ।
बिहीबार राति करिब ११ः३० बजे गाडीमा तोडफोड भएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिएका छन् ।
लु १ झ ३९५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार भएको हो। ढुंगाले लाग्दा गाडीको अगाडिको सिसा चर्किएको छ भने दायाँ साइडको सिसा फुटेको छ ।
रोहिणी-३ लक्ष्मीनगरस्थित अध्यक्ष यादवको निवासमा पार्किङमा राखिएको गाडीमा तोडफोड गरिएको हो ।


