काठमाडौं । बाराको कलैया उमहानगरपालिका–१ भवानीपुर स्थित सुधार केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
नवजन्म पुनर्स्थापना केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको बाराका एसपी सन्तोष तामाङले बताए ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–९ घर भएको प्रदिप प्रसाद मण्डल ‘धीरेन्द्र’ छन् ।
हत्यामा संलग्न आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । सुधार गृहका कर्मचारी र त्यहाँ राखिएका ७ जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको एसपी तामाङले जानकारी दिए ।


