काठमाडौँ– सोमवारदेखि सुरु भएको फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपमा नेपालले किर्गिस्तानमाथि जित निकालेको छ।
दशरथ रंगशालामा भएको खेलमा नेपालले किर्गिस्थानमाथि १–० को जित निकालेको हो। खेल सुरु भएको १०औँ मिनेटमा नेपालले पहिलो गोल गरेको थियो।
विमला चौधरीले हेडमार्फत गरेको यही गोल नेपालको जितका लागि निर्णायक बन्यो। यसअघि म्यानमार र लेबननबीच भएको पहिलो खेलमा म्यानमारले जितेको छ।
स्वदेशमै साफ च्याम्पियनसिपमा लगातार दुई पटक उपाधि जित्ने मौका गुमाएको नेपाली टोलीले यो च्याम्पियनसिपको उपाधि जितेको खण्डमा त्यसले लगातार उपाधि विमुख हुनुपरेको पीडामा थोरै मल्हमको काम गर्न सक्छ।
उपाधि जित्ने सम्भावनालाई बलियो बनाउन आज नेपालले कीर्गिस्तानसँगको खेलमा विजयी सुरुवात गरेको छ।


