काठमाडौँ – कप्तान लियोनल मेस्सीको एक मात्र निर्णायक गोलको मद्दतमा इन्टर मियामीले कोन्काकफ च्याम्पियन्स कपमा स्पोर्टिङ केसीलाई हराएको छ।
स्पोर्टिङको मैदानमा आज बिहान भएको पहिलो राउण्डको पहिलो लेगमा मियामीलाई जित दिलाउन मेस्सीले ५६ औं मिनेटमा गरेको गोल नै पर्याप्त भयो।
मेस्सीले सर्जियो बुस्केटको पासमा आकर्षक गोल गरेका थिए।
अब फेब्रुअरी २६ मा मियामीले घरेलु मैदानमा दोस्रो लेग खेल्नेछ।
