काठमाडौँ – यूईएफए च्याम्पियन्स लिगको राउन्ड १६ को ड्र सार्वजनिक भएको छ ।
शुक्रबार भएको ड्र अनुसार रियल मड्रिडले आफ्नै घरेलु टोली एटलेटिको मड्रिड प्रतिद्वन्दी पाएको छ भने इंग्लिस टोली आर्सनलले नेदरल्याण्डसको क्लब पीएसभीसँग खेल्ने छ। त्यस्तै फ्रान्सेली क्लब पीएसजीले अर्को इंग्लिस टोली लिभरपुलको सामना गर्ने छ। एस्टन भिल्लाले भने क्लब ब्रुगसँग खेल्ने भएको छ ।
त्यसैगरी बार्सिलोनाले बेन्फिकासँग खेल्ने छ भने बोरुसिया डोर्टमन्डले लिलेसँग खेल्ने भएको छ । त्यस्तै बायर्न म्युनिखको भिडन्त बायर लिभरकुसनसँग हुने भएको छ भने इन्टर मिलानले राउन्ड १६ मा नेदरल्यान्ड्सको फेयनुर्डसँग खेल्ने भएको छ ।
राउण्ड १६ को पहिलो लिग मार्च ४ र ५ मा हुने छ भने दोस्रो लिगका खेल मार्च ११ र १२ मा हुने जनाइएको छ ।


