प्युठान- प्युठानको माण्डवी गाउँपालिका–२ रातापानीमा एक दम्पतीको हत्या भएको छ। शनिबार दिउँसो साढे १२ बजेतिरको समयमा उनीहरूको शव भेटिएको हो।
६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती ५६ वर्षीय हुकमा परियार मृत अवस्थामा फेला परेको हुन्। स्थानीयले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनाको अनुसन्धानमा खटिएको प्रहरीले घरबाट ५० मिटर टाढा बारीबाट रगत लतपतिएको घन फेला पारेको छ। घन प्रहार गरेर हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ।
जिल्ला प्रहरी कार्यालय डीएसपी दिपेश बस्यालका अनुसार मृत भेटिएका दम्पतीको टाउको क्षतविक्षप्त अवस्थामा छ।


