काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा केक काटेर ‘केपी ओली कप’को शुभारम्भ गरिएको छ।
एन्फा कम्प्लेक्समा आइतबार ओलीले ७४औँ वर्षमा प्रवेश गरेको अवसरमा ओलीले केक काटेर ‘केपी ओली कप’को शुभारम्भ गरेका हुन्।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आइतबारदेखि काठमाडौँमा तेस्रो संस्करणको केपी ओली कप फुटबल च्याम्पियनसिप भइरहेको छ।
प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेदेखि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसी हुने जनाइएको छ।
प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता रहनेछ। प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघले जनाएको छ।
















