काभ्रे – काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको बस काभ्रेमा दुर्घटना हुँदा १७ जना घाइते भएको छ।
अरनिको यातायातको प्रदेश ३, ००१-००५ ख ९९४२ नम्बरको बस मंगलबार बिहान धुलिखेल नगरपालिका -१० सारादा बतासेस्थित बिपी राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
अनियन्त्रित भई सडकको नालीमा बस पल्टिएको हो।
बसका चालक र सहचालक गम्भीर घाइते भएका र उनीहरूलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ।
बसमा २४ जना यात्रु सवार थिए।


