काठमाडौँ – कोन्काकफ च्याम्पियन्स कपको पहिलो राउण्डको दोस्रो लेगमा इन्टर मियामीले स्पोर्टिङ केसीलाई ३-१ ले हराएको छ।
बुधबार बिहान भएको खेलमा लियोनल मेस्सीले १९ औं मिनेटमा गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त समयमा थप दुई गोल गरेको मियामीका लागि टाडियो अलेन्दे र लुइस स्वारेजले पनि गोल गरे।
पहिलो हाफमै ३-० को अग्रता बनाएको मियामीले दोस्रो हाफमा भने एक गोल बेहोर्यो।
अघिल्लो लेगमा मेस्सीकै एक मात्र गोलको मद्दतमा जित निकालेको मियामीले समग्रमा ४-१ को जित निकालेको हो। यो सँगै मेस्सीको टिम राउन्ड अफ १६ मा प्रवेश गरेको छ।


