काठमाडौँ- काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित धोविखोला करिडोरको पश्चिमतर्फ शारदा डंगोल र तीर्थ श्रेष्ठको भत्किएको संरचनामा बनेको प्रयोगविहीन शौचालयभित्र फोहोरको थुप्रोले ढाकेको अवस्था शव फेला परेको प्रहरीले जनाएको छ।
उक्त शव ओखलढुङ्गाको मानेभञ्याङ गाउँपालिका–७ बस्ने वर्ष ५० का अडविर राईको रहेको जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।
स्थानीयले दिएको जानकारीका आधारमा पुगेको प्रहरी टोलीले म्याट्रेस, सिरानी, झोला, फोहर कपडालगायतले पुरेर राखेको अवस्थामा शव भेटिएको उनले बताए। उक्त शवको प्रकृति हेर्दा हत्या भएको आशंका गरिएको छ।
फोहर हटाएर हेर्दा राईको टाउको, निधार र नाकमा धारिलो हतियारले प्रहार गरेको जस्तो देखिने चोट रहेको तथा अनुहार र कपालमा रगत लतपतिएको पाइएको प्रहरीले जनाएको छ। उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए।



