२०८३ कार्तिक १४ गते शुक्रबार

ह्वाइटहाउसमा ट्रम्प र जेलेन्स्कीबीच भएको के हो?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १७
trump_jelen

वासिंटन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले शुक्रबार खनिज सम्झौतामा हस्ताक्षर गरेनन्।

ह्वाइट हाउसका एक अधिकारीले रोयटर्सलाई बताएअनुसार एक वरिष्ठ अमेरिकी अधिकारीले ट्रम्पले कुनै पनि सम्झौतालाई अस्वीकार गरेका भने छैनन्।

रोयटर्सका अनुसार जेलेन्स्कीले ट्रम्पको बहस लगत्तै ह्वाइट हाउस छोडेका थिए। ट्रम्प र जेलेन्स्कीबीचको भेटपछि हुने संयुक्त पत्रकार सम्मेलन रद्द गरिएको थियो।

अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार युक्रेनी नेतालाई रुससँगको युद्धमा अमेरिकाको समर्थन नभएसम्म शान्तिमा कुनै चासो नरहेको बताएका थिए।  ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्- भोलोदोमिर जेलेन्स्कीले प्रतिष्ठित ओभल अफिसमा संयुक्त राज्य अमेरिकाको अपमान गरेको छ। उनी शान्तिका लागि तयार हुँदा फर्कन सक्नुहुन्छ।

युरोपेली नेताहरू शुक्रबार युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग ऐक्यबद्धता देखाउन लाइनमा देखिएका थिए। महाद्वीपको उत्तर, दक्षिण, पूर्व र पश्चिमका प्रधानमन्त्री र राष्ट्रपतिहरूले रुसी आक्रमण विरुद्धको युद्धमा जेलेन्स्की र युक्रेनको समर्थनमा सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनले अमेरिकी राष्ट्रपतिको प्रत्यक्ष आलोचना गरेनन् तर उनको टिप्पणीले उनीहरू किभको साथमा रहेको स्पष्ट पारेको छ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ट्वीटरमा पोस्ट गरेका छन्, ‘आक्रमणकारी होस् रुस।

यसैबीच, पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले सोशल मिडियामा जेलेन्स्की र युक्रेनलाई आफ्नो समर्थन देखाउँदै लेखेका छन्, ‘तपाईं एक्लै हुनुहुन्न।’

ओभल हाउसमा मिडियाको अगाडि भएको यो बहसमा ट्रम्पले भने, ‘जेलेन्स्की तिमी लाखौंको ज्यानसँग खेल्दै छौ। तिम्रो देश खतरामा छ तर तिमी बुझ्दैनौ। तिमीले अन्ततः रूससँग सम्झौता गर्नुपर्नेछ। जवाफमा जेलेन्स्कीले भने, ‘हामीलाई युद्धविरामको आवश्यकता छैन।’

त्यसपछि ट्रम्पले भने जेलेन्स्कीले आफ्नो प्रतिष्ठित ओभल अफिसमा संयुक्त राज्य अमेरिकाको अपमान गरेको भन्दै शान्तिको लागि तयार हुँदा  फर्कन सक्नेछौ भन्दै उनलाई निक्लेर जान भनेका थिए।

ह्वाइट हाउसले रुसी सरकारी मिडिया टासका पत्रकारलाई शुक्रबार ओभल अफिसमा प्रवेश गर्न अनुमति दिएन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीचको बैठकलाई कभर गर्न रुसी राज्यको मिडिया एजेन्सीले अनुमति नदिइएको ह्वाइट हाउसका एक अधिकारीले बताए।

त्यसकारण, रुसी सरकारी मिडियाले यस बैठकको मिडिया कभरेज गर्न सकेन।

प्रकाशित: २०८१ फाल्गुण १७ गते शनिवार ०९:०४
प्रतिक्रिया

थप समाचार

भुटानमा हिमताल विस्फोट, भारतका राज्यहरूमा सतर्कता

एजेन्सी: भुटानको लेमथाङ क्षेत्रमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबर्स्ट फ्लड–ग्लोफ) भएपछि उत्तर बंगालका विभिन्न क्षेत्रमा उच्च सतर्कता जारी गरिएको छ।  हिमतालबाट बाहिरिएको पानी संकोश नदीतर्फ...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना