२०८३ कार्तिक १४ गते शुक्रबार

ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति मिलेर गरे जेलेन्स्कीको अपमान

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १७
us-ukrain

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच शुक्रबार राति ह्वाइट हाउसमा भेटवार्ता भएको थियो ।

उक्त क्रममा ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र जेलेन्स्कीबीच चर्को बहस भयो।

दुई नेताबीच करिब ५० मिनेट वार्ता भएको थियो । यस अवधिमा नेताहरूले एकअर्कामा थुप्रै पटक औंलासमेत उठाएका थिए। ह्वाइट हाउसको इतिहासमा दुई राष्ट्र प्रमुखबीच यस्तो तनावपूर्ण कुराकानी भएको यो पहिलो पटक हो ।

भेन्सले जेलेन्स्कीमाथि अमेरिकाको अपमान गरेको आरोप लगाए । योसँगै ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई पटकपटक गालीसमेत गरेका थिए। ट्रम्पले जेलेन्स्कीलाई ‘तेस्रो विश्वयुद्धमा जुवा खेलेको’ आरोपसमेत लगाउन भ्याए ।

यसपछि, क्रोधित जेलेन्स्की कुराकानीबाट उठे र बाहिर निस्किए। आफ्नो कालो एसयूभी गाडीमा बसेर होटलतर्फ लागे।

यो वार्तालाप दुई नेताबीच खनिज विषयमा सम्झौता हुने भन्ने विषयमा थियो। तर वार्ता नै रद्द भयो।

जेलेन्स्की राति १० बजे ट्रम्पलाई भेट्न ह्वाइट हाउस पुगेका थिए। ट्रम्प ढोकामा आएर स्वागत गरे । दुवैले हात मिलाए, त्यसपछि ट्रम्पले जेलेन्स्कीतर्फ औंल्याए र मिडियाको अगाडि भने, ‘उनी आज राम्रो तयारी गरेर आएका छन्।’

दुवै राष्ट्रपति ह्वाइट हाउसको ओभल हाउस पुगेका थिए । यहीँ मिडियामा दुवैबीच कुराकानी सुरु भयो । ट्रम्पले आफू र जेलेन्स्की मिलेर रुस र युक्रेनबीच युद्ध रोक्नु राम्रो हुने बताएका थिए । जेलेन्स्कीले ट्रम्पलाई युद्धका तस्बिरहरू पनि देखाए।

जेलेन्स्कीले भने– शान्ति सम्झौतामा पुटिनसँग कुनै सम्झौता हुनु हुँदैन

ट्रम्पसँगको कुराकानीका क्रममा जेलेन्स्कीले भने, ‘शान्ति सम्झौतामा रुसी राष्ट्रपति पुटिनसँग कुनै सम्झौता हुनुहुँदैन । यसबारे ट्रम्पले भने, ‘हामी यो युद्ध जतिसक्दो चाँडो अन्त्य होस् भन्ने चाहन्छौं। आशा छ हामीले थप सेना पठाउनु पर्दैन। म खनिज सम्झौताको प्रशंसा गर्छु किनभने हामीलाई यसको आवश्यकता थियो। हाम्रो देशमा अहिले निष्पक्ष व्यवहार भइरहेको छ।’

यदि आफूले रुस र युक्रेन दुवैसँग समन्वय नगरेको भए कुनै सम्झौता सम्भव हुने उनको भनाइ थियो। ‘म न पुटिनसँग छु न अरू कसैसँग। म अमेरिकासँग मात्र छु,’ उनले त्यहाँ भनेका थिए।

ट्रम्प र जेलेन्स्कीबीच त्यहाँ करिब ३० मिनेटसम्म कुराकानी भएको थियो । त्यसपछि वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स मिसिए। उनले कुराकानीमा अवरोध गरे।

उनले भने, ‘युक्रेनमा शान्ति र समृद्धिको बाटो कूटनीतिबाट मात्रै पाउन सकिन्छ । राष्ट्रपति ट्रम्पले त्यही गरिरहेका छन् । तपाईंको बानी धेरै अपमानजनक छ। यो साँचो कूटनीति होइन। यो युद्ध रोक्न तपाईंले राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिनुपर्छ।’

सन् २०१४ मा सुरु भएको रुस–युक्रेन युद्ध रोक्न धेरै वार्ताहरू भइसकेका छन्। सन् २०१९ मा आफूले एउटा सम्झौतामा हस्ताक्षर गरेको र युद्धविराम लागू हुने आश्वासन दिइयो जेलेन्सीले भान्ससँग बताए। दुवै पक्षका युद्धबन्दीहरूलाई रिहा गर्ने सम्झौता गरे पनि पुटिनले यो सम्झौता तोड्दै २०२२ मा ठूलो आक्रमण गरेका उनले त्यहाँ सुनाए।

यो पूरै घटनापछि पनि जेलेन्स्कीले आफ्नो पोस्टमा अमेरिकालाई धन्यवाद दिएका छन् । उनले लेखेका छन्, ‘धन्यवाद अमेरिका, सहयोगका लागि धन्यवाद, यो भ्रमणका लागि धन्यवाद । अमेरिकी राष्ट्रपति, कांग्रेस र अमेरिकी जनतालाई धन्यवाद। युक्रेनलाई न्यायोचित र दिगो शान्ति चाहिन्छ, र त्यसका लागि हामीले काम गरिरहेका छौँ।’

जेलेन्स्की र ट्रम्पबीचको उक्त भेटमा खनिजको विषयमा सम्झौता हुने थियो तर यो सम्झौता रद्द भयो। युक्रेनले अमेरिकालाई दुर्लभ खनिज सामग्री उपलब्ध गराउन सहमत भएको थियो। यो सम्झौताको बदलामा अमेरिकाले युक्रेनको पुनर्विकासमा सहयोग गर्ने बाचा गरेको थियो।

ट्रम्पले पछिल्लो एक महिनादेखि युक्रेनलाई दुर्लभ खनिज उपलब्ध गराउन दबाब दिइरहेका थिए । यदि त्यसो भएन भने, यो अमेरिकी कोष रोक्न धम्कीसमेत दिएका थिए।

प्रकाशित: २०८१ फाल्गुण १७ गते शनिवार ११:१२
प्रतिक्रिया

थप समाचार

भुटानमा हिमताल विस्फोट, भारतका राज्यहरूमा सतर्कता

एजेन्सी: भुटानको लेमथाङ क्षेत्रमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबर्स्ट फ्लड–ग्लोफ) भएपछि उत्तर बंगालका विभिन्न क्षेत्रमा उच्च सतर्कता जारी गरिएको छ।  हिमतालबाट बाहिरिएको पानी संकोश नदीतर्फ...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना