रुपन्देही – रुपन्देहीमा गोली प्रहारबाट एक जनाको हत्या भएको छ।
जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय राकेशसिंह लोधमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले बताए ।
घरको बरन्डामा रगताम्मे अवस्थामा भेटिएकाले गोली प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको कार्कीले बताए । घरायसी विवादका कारण उनकै दाजुले हत्या गरेका हुन सक्ने आशंका गरिएको छ। हत्यापछि दाजु फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।


