काठमाडौँ – नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज न्युजिल्यान्ड र भारतबीच खेल हुँदैछ ।
यूएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार दिउँसो पौने तीन बजे खेल हुनेछ। दुवै टोलीबीच समूह विजेता बन्ने प्रतिस्पर्धा हुनेछ ।
समूह ‘ए’ मा रहेका यी दुईबीचको खेल यदि मौसमका कारण रोकिए रनरेटका आधारमा न्युजिल्यान्ड समूह विजेता बन्नेछ । दुवै टोलीले बंगलादेश र पाकिस्तानमाथि जित निकाल्दै ४–४ अंक जोडेका छन् ।
समूह ‘ए’बाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुग्दा बङ्गलादेश र आयोजक पाकिस्तान बाहिरिएका छन् ।


