काठमाडौँ – ला लिगामा शनिबार राति रियल मड्रिड पराजित भएको छ।
रियल बेटिसले रियललाई २-१ गोलअन्तरले हराएको हो । पूर्वक्लबविरुद्ध इस्कोले पेनाल्टीमार्फत पूर्व क्लबविरुद्ध विजयी गोल गरे।
खेलको १० औं मिनेटमा रियलले अग्रता लिएको थियो। फर्लान्ड मेन्डीले दिएको पासलाई ब्राहिम डियाजलाई खाली पोस्टमा सजिलै गोल गरेका थिए । तर ३४ औं मिनेटमा इस्कोको कर्नरबाट जोनी कार्डोसोले हेडरमार्फत बराबरी गोल गरे।
बेटिसका कप्तान इस्कोले ५४ औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरेपछि रियलले हार टार्न सकेन ।
जारी लिगमा रियलको यो चौथो पटक पराजय हो । एक खेल कम खेलेको बार्सिलोनाको २५ खेलबाट रियलसमान अंक छ।
यस्तै अर्को खेलमा एट्लेटिको मड्रिडले एथ्लेटिक बिल्बाओमाथि घरेलु मैदानमा १-० को कठिन जित निकाल्दै दोस्रो स्थानमा उक्लिन सफल भएको छ। इंग्लिस क्लब म्यानचेस्टर सिटी छाडेर आएयता चम्किएका अर्जेन्टिनी स्ट्राइकर जुलियन अल्भारेजको गोल एट्लेकोका लागि पर्याप्त भयो।
जितसँगै एट्लेटिकोले शीर्ष स्थानमा उक्लिएको छ। उसको २६ खेलबाट ५६ अंक भएको छ।


