२०८३ कार्तिक २३ गते आईतबार

मिटरब्याजीलाई कारबाही हुन्छ : गृहमन्त्री लेखक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १८
ramesh_lekhak

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले कानुन विपरीतका अनुचित लेनदेन (मिटरब्याज) सङ्लग्नलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘अनुचित लेनदेन सम्बन्धमा नेपाल प्रहरीका जिल्लास्थित कार्यालयमा प्राप्त उजुरीहरु छानबिन गरी टुङ्ग्याउने काम भइरहेको छ, यस्ता कार्यहरु कानुनअनुसार दण्डनीय भएकाले त्यस किसिमका कानुन विपरीतका क्रियाकलाप कोही कसैले गरेमा प्रचलित कानून बमोजिम कारवाही गर्न सरकार प्रतिबद्ध छ।’

मन्त्री लेखकले अनुचित लेनदेन (मिटरब्याज) अपराधबाट सिर्जित समस्याको अन्त्य गरी दीर्घकालीन समाधान गर्नका लागि जाँचबुझ गरी राय÷सुझाव सहितको प्रतिवेदन पेस गर्न आयोग गठन गरी कार्य गरिएको बताए। सो सम्बन्धमा आयोगमा दर्ता भएकामध्ये पाँच हजार २०० उजुरी फछ्र्यौट÷सहमति भइसकेको उनको भनाइ छ।

‘साविकको आयोगलाई तोकिएको समयावधि सकिएको र यसअघिको आयोगबाट सोचेअनुरुप काम हुन नसकेको हुँदा बाँकी कामलाई गतिका साथ निष्कर्षमा पु¥याउन पुनः आयोग गठन गर्न लागिएको छ’, उनले भने।

उनले पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन कार्यक्रममा भएको बेलुन विस्फोटको घटना सम्बन्धमा जवाफ दिँदै उक्त घटनाका सम्बन्धमा विस्तृत छानबिन गर्न कास्कीका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा विज्ञसहितको छानबिन समिति गठन गरिएको जानकारी दिए।

‘उक्त समितिले आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा सुझाव दिनेछ, समितिको प्रतिवेदनका आधारमा मेला महोत्सवलगायतका कार्यक्रममा सुरक्षा सतर्कता व्यवस्थापनका सम्बन्धमा थप सावधानीहरु अपनाइने छ’, उनले भने।

त्यसैगरी सोलुखुम्बुको सीमा प्रशासन कार्यालय नाम्चेबजार कर्मचारीविहिन भएको सम्बन्धमा जवाफ दिँदै छिट्टै कर्मचारी व्यवस्थापन गरी सेवा सञ्चालन गरिने जानकारी दिए। ‘सीमा अपराध नियन्त्रण तथा सीमामा नेपाली र भारतीय नागरिकको सुरक्षित, सहज र मर्यादित आवतजावतका लागि दुवै देशका सुरक्षा अधिकारीबीच समय–समयमा समन्वयतात्मक बैठक बस्ने गरेको छ, सिमामा सुरक्षा निकायबाट निगरानी बढाईएको छ’, उनले भने।

यसै वर्षमा थप सात वटा सीमा आउटपोष्ट थप्ने तयारी भइरहेको उनको भनाइ छ। अवैध चोरी पैठारी नियन्त्रणमा पनि सक्रियता बढाइएको जनाउँदै उनले अवैध चोरी पैठारीमा संलग्न जो सुकैलाई पनि शून्य सहनशिलताको नीतिअनुरुप कारबाही गर्ने गरिएको बताए।

तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष बलबहादुर गुरुङले सोही वडाका वडा सचिव नविन भुसालमाथि गरेको अभद्र व्यवहारसम्बन्धी मुद्धामा जिल्ला प्रहरी कार्यालयमा दर्ता भइ कानूनी कारबाहीको प्रक्रिया अगाडि बढेको उनको भनाइ छ।

‘कर्मचारीमाथि जनप्रतिनिधिबाट भएका घटनाको शृङ्खला बढेको सन्दर्भमा सबै जिल्ला प्रशासन कार्यालयलाई यस्ता घटनाका सम्बन्धमा जोसुकै दोषीलाई कानुनी दायरामा ल्याएर कारवाही गर्न र कर्मचारी सुरक्षामा विशेष सतर्कता अपनाउन निर्देशन पनि दिइएको छ। कर्मचारीको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु’, उनले भने।

अछामको ढकारीमा दुई किशोरीको मृत्युका सम्बन्धमा जवाफ दिँदै उनले नेपाल प्रहरीबाट घटनास्थलबाट सङ्कलन गरिएका भौतिक प्रमाणको फोरेन्सिक परीक्षण, सिडिआर विश्लेषणलगायतको अनुसन्धान पूरा गरी २ जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएको बताए। ‘जिल्ला अदालत, अछामबाट पुर्पक्षका लागि बाल सुधारगृह पठाउने आदेश भए बमोजिम डोटी बाल सुधारगृह पठाइएको र एक जना नाबालकलाई आवश्यक पर्दा पछि उपस्थित हुने गरी छाडिएको छ। दोषीलाई पक्राउ गरी कानुनी कारवाहीमा ल्याइसकिएको छ’, उनले भने।

मन्त्री लेखकले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जघन्य प्रकृतिका अपराध हुनरगर्न नपाउने गरी स्थानीय सरोकारवाला निकायसँग समेत समन्वय गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताए। उनले महिलामाथि हुने हत्या, हिंसा र शोषणका विषयमा कानुन बमोजिम कारबाही गर्न सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरे।

प्रकाशित: २०८१ फाल्गुण १८ गते आईतबार ०८:४१
प्रतिक्रिया

थप समाचार

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?

आज लक्ष्मीपूजा, धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदै

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कार्तिक कृष्ण औँसीका दिन घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदैछ । लक्ष्मीपूजाका दिन घर, आँगन तथा पसलहरू...

आज कुकुर तिहार, कुकुरलाई पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइँदैछ। कुकुरलाई यमराजको दूत तथा मानिसको विश्वासिलो साथीका रूपमा सम्मान गर्दै आज देशभर पूजा गरेर कुकुर तिहार मनाउन लागिएको हो। हिन्दू...

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना