२०८३ कार्तिक २३ गते आईतबार

विराटनगर विमानस्थल नयाँ टर्मिनल भवनको भौतिक प्रगति ४७ प्रतिशत

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १९
biratnagar

विराटनगर- विराटनगर विमानस्थललाई स्त्तरोत्रति गर्ने कार्यअनुरुप नयाँ टर्मिनल भवनको निर्माण कार्य द्रूत गतिमा भइरहेको जनाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर सञ्जीव खड्काले भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत र वित्तीय प्रगति ३७ प्रतिशत पुगेको जानकारी दिए।

विराटनगर महानगरपालिका–४ मा निर्माणाधीन भवनको विसं २०७९ फागुन १ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शिलान्यास गरेको थियो। भवन निर्माण आगामी २०८२ मङ्सिरभित्र सम्पत्र गर्ने लक्ष्य छ। नयाँ टर्मिनल भवन निर्माणमा दैनिक २२५ कामदारले बिहान ७ देखि राति १० बजेसम्म दुई ‘सिफ्ट’मा काम गरिरहेको जनाइएको छ।

कोशी/डाँफे जेभी निर्माण कम्पनीले तीन अर्ब १२ करोडको लागतमा भवन निर्माणको ठेक्का लिएको हो। भवनमा प्रतिघण्टा ५५० यात्रु बस्ने क्षमताको हुनेछ भने १७ वटा चेक इन काउन्टर, अति विशिष्ट कक्ष, बालबालिकाको खेल्ने स्थल, विशिष्ट कक्ष, पत्रकार सम्मेलन कक्ष, भन्सार, अध्यागमन, भन्सार, क्वारेन्टिइन तथा व्यावसायिक विभित्र पसल तथा कक्ष रहनेछन्।

प्रदेशको राजधानी रहेको विराटनगरमा आगामी दिनमा हवाई यात्रुको सङ्ख्या बढ्ने सक्ने सम्भावनाका आधारमा भवन निर्माण गरिएको इन्जिनियर खड्काको भनाइ छ। तीनतले सो भवनमा चारवटा लिफ्ट र चारवटा स्काइलेटर रहेछन्।

विराटनगर नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी युवराज अधिकारीले हाल विमानस्थलबाट दैनिक दुई हजार यात्रुहरुले सेवा लिइरहेको बताए। विमानस्थलमा हाल दैनिक रुपमा बुद्ध एयरले नौ, यतिले छ र श्री एयलाइन्सले चारवटा उडान गरिरहेका छन्।

निर्माण कम्पनीका इन्जिनियर रमेश पौडेलले अत्याधुनिक प्रविधिको प्रयोग गरी भवन निर्माण गरिएको बताए। उनले तोकिएको समयमै काम पूरा गर्ने गरी लागिएको बताए। आगामी दिनमा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गर्ने गरी भवनमा निर्माण गरिएको उनको भनाइ छ।

भारत सरकारको सहयोगमा विसं २०२५ मा निर्माण गरिएको विराटनगर विमानस्थलले कूल १२२ बिघा क्षेत्रफल ओगटेको छ। विराटनगर–११ का व्यवसायी अर्जुन सुवेदीले काठमाडौँपछि ठूलो सहरका रुपमा रहेको यस क्षेत्रबाट भारतको नयाँ दिल्ली, बनारस, कोलकाता र बङ्गलादेशमा उडान भएमा यस क्षेत्रमा पर्यटकहरुको आवागनमा वृद्धि हुनेमा विश्वास व्यक्त गरे।

विराटनगर विमानस्थलबाट केही समयअगाडि पोखरा, भैरहवा र हिमाली उडान भएका थिए। यस्तै, नेकोन एयरले केही वर्षअगाडि विमानस्थलबाट भारतको कोलकाताको उडान गरेको थियो।

विमानस्थल कार्यालयले विमानस्थलले गत आर्थिक वर्षमा १७ करोड ५६ लाख राजस्व सङ्कलन गरेको जनाएको छ। साथै सन् २०२४ मा विमानस्थलमार्फत तीन लाख २९ हजार ८९ यात्रुहरु यहाँबाट प्रस्थान गरेका थिए भने तीन लाख २९ हजार ९४९ यात्रुहरुको आवागमन भएको थियो। सोही अवधिमा पाँच हजार ७५४ पटक विमानको आगमन भएको थियो भने पाँच हजार ७५६ वटा विमान गरेका थिए। रासस

प्रकाशित: २०८१ फाल्गुण १९ गते सोमबार ०४:०७
प्रतिक्रिया

थप समाचार

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?

आज लक्ष्मीपूजा, धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदै

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कार्तिक कृष्ण औँसीका दिन घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदैछ । लक्ष्मीपूजाका दिन घर, आँगन तथा पसलहरू...

आज कुकुर तिहार, कुकुरलाई पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइँदैछ। कुकुरलाई यमराजको दूत तथा मानिसको विश्वासिलो साथीका रूपमा सम्मान गर्दै आज देशभर पूजा गरेर कुकुर तिहार मनाउन लागिएको हो। हिन्दू...

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।

हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
Banijya_BAnk_nepal
बैंकिङ

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना