२०८३ कार्तिक १२ गते बुधबार

काठमाडौँमा एसईओ सम्मेलन सम्पन्न

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १९
seo

काठमाडौँ- एसईओ एजेन्सी ओर्का सोसल्सले सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ) सम्मेलन आयोजना गरेको छ। फागुन १६ गते काठमाडौँमा सम्मेलन आयोजना भएको हो।

एसईओलाई करियर र व्यावसायिक रूपमा परिचित गराउने उद्देश्यसहित सम्मेलन आयोजना गरिएको आयोजकको भनाइ छ। काठमाडौं उपत्यका ललितपुर जिल्ला पुलचोकस्थित स्क्वायर होटलमा बिहान ९ बजे सुरू भएको कार्यक्रम साँझ ५ बजेसम्म चलेको थियो।

सम्मेलनले विज्ञ, डिजिटल मार्केटर, फ्रिल्यान्सर र व्यवसाय सञ्चालकहरूलाई एकै स्थानमा ल्याउन सफल भएको ओर्का सोसल्सका संस्थापक रामबाबु थापाले बताए।

वर्डप्रेस कम्युनिटी नेपाल र अन्तर्राष्ट्रिय एसईओ विज्ञहरूको सहकार्यमा सञ्चालित सम्मेलनमा १०० भन्दा बढी एसईओ व्यवसायी, उद्यमी, विद्यार्थी र फ्रिल्यान्सरको सहभागिता रहेको थियो।

कार्यक्रममा ‘नेपालमा एसईओ सेवाको दायरा र आवश्यकता’ विषयमा प्यानल छलफल भएको थियो। साथै डिजिटल मार्केटिङ, पेड विज्ञापन, एआई अटोमेसन, फ्रिल्यान्सिङका विषयमा पनि छलफल भएको थियो।

सम्मेलनमा वक्ताको रूपमा ओर्का सोसल्सका संस्थापक रामबाबु थापा, हान्सिकार टेक्नोलोजीका संस्थापक आदित्य भट्ट, सिकुम्न नेपालका संस्थापक तथा डिजिटल मार्केटिङ प्रशिक्षक डिजिटल सौगात र सोसल एम्बियन्सका संस्थापक दिपेश सापकोटा रहेका थिए।

सम्मेलनपछि पनि ‘एसईओ अवेर नेपाल’ अभियानमार्फत वेबिनारहरू र परामर्श कार्यक्रमहरू जारी राख्ने थापाको भनाइ छ। यस्ता सम्मेलनले एसईओको जनचेतना फैलाउन र क्षमता अभिवृद्धि गर्न ठूलो भूमिका खेल्ने पनि थापाले जानकारी दिए। पछिल्लो समय नेपालमा पनि एसईओप्रति रुचि बढ्दै गएको छ।

प्रकाशित: २०८१ फाल्गुण १९ गते सोमबार ०६:४३
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना