काठमाडौँ – सन् २००६ मा विश्वकप विजेता बनेका इटालियन फुटबलर (गोलकिपर) जियानलुइगी बुफोनलाई नेपाल सरकारले सन् २०२५ को लागि पर्यटन दूत नियुक्त गरेको छ ।
केपी ओली कपको फाइनलका लागि नेपाल आएका बुफोनलाई खेलको फाइनलपछि भएको पुरस्कार वितरण समारोहमा पर्यटन राजदूत नियुक्त गरिएको घोषणा गरिएको हो ।
बुफेनलाई पर्यटन राजदूत घोषणा गर्नुले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकले राष्ट्रिय युवा संघ नेपालले गरेको छ ।
