काठमाडौँ – ललितपुरको महालक्ष्मी नगरपालिका टीकाथलीमा बोरिङ गर्ने क्रममा आगो निस्किएको छ।
ग्यासबाट आगो बलिरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले जानकारी दिएका हुन् ।
३ सय ५० मिटर गहिराइबाट ग्यास निस्केको र त्यसबाट दनदनी आगो बलेको उनले बताए।
स्थानीयले खानेपानीका लागि बोरिङ गर्ने क्रममा उक्त आगो निस्किएको प्रहरीले जनाएको छ। घटनास्थलमा सुरक्षाकर्मी पुगिसकेका छन्।
भूगर्भविद् र जानकारहरू ल्याएर यसबारे वित्स्तृत विवरण संकलन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
