काठमाडौँ – यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ पहिलो लेगको मड्रिड डर्बीमा रियलले जित निकालेको छ।
खेलको चौथो मिनेटमै रोड्रियोले रियल मड्रिडका लागि गोल गरेका थिए। तर एट्लेटिकोका जुलियन अल्भारेजले ३२ औं मिनेटमा खेल बराबरीमा ल्याए। पहिलो हाफ १-१ को बराबरी सकिए पनि दोस्रो हाफमा ५५ औं मिनेटमा ब्राहिम डियाजले गोल गर्दै घरेलु मैदानमा रियललाई जित दिलाए।
अब यी दुईबीच मार्च १३ मा दोस्रो खेल हुनेछ।
यस्तै गएराति भएको अर्को खेलमा डच क्लब पीएसभीलाई आर्सनलले उसकै मैदानमा ७ गोल गरेको छ। आर्सनललाई जिताउन ६ जनाले गोल गरे। पीएसभीले ४३ औं मिनेटमा पेनाल्टीमार्फत एक गोल गरेको थियो।
यस्तै गएराति एस्टोन भिल्लाले क्लब ब्रुगमाथि ३-१ गोलअन्तरले जित निकाल्दा बोरुसिया डर्टमन्डले फ्रान्सेली क्लब लिलेसँग १-१ को बराबरी गरेको छ।
