२०८३ साउन १३ गते बुधबार

कीर्गिस्तानलाई हराउँदै भारत महिला च्यालेन्ज कपको सेमीफाइनल नजिक

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ ९
nepal_cava_volleyball

काठमाडौं – भारतले नेपालमा जारी काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपमा लगातार दोस्रो जित निकाल्दै सेमीफाइनल नजिक पुगेको छ। त्रिपरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार सम्पन्न खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराउँदै भारतले सेमीफाइनल सम्भावना बलियो बनाएको हो।

प्रतियोगिताको उपाधि दावेदार रहेको भातरले ३–० को सेटमा जित निकालेको हो। पहिले सेटमा २५–१७ को जित निकालेको भातरले दोस्रो सेटमा २५–८ र तेस्रो सेटमा २५–५ को जित निकालेको हो।

यो जितसँगै समूह एमा रहेको भारतले ६ अंक बनाएको छ। अब उसले अर्को खेलमा घरेलु टिम नेपालको सामना गर्नेछ। यता कीर्गिस्थानले पहिलो दिनको खेलमा नेपालसँग सोझो सेटमा हार बेहोरेको थियो। आज पनि हार बेहोरेपछि कीर्गिस्थान सेमीफाइनलमा स्थान बनाउनबाट बञ्चित भएको छ।

उसले, अब बरियताका लागि प्रतिस्पर्धा गर्नेछ भने अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ।

घरेलु टिम नेपालले आजै हुने अर्को खेलमा बंगलादेशको सामना गर्नेछ। यस्तै मंगलबार नै श्रीलंका र काजकिस्तान तथा उज्वेकिस्तान र माल्दिभ्सबीच समेत प्रतिस्पर्धा हुनेछ। राउन्ड रोविन लिग पछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन्।

तर काभाले बनाएको तालिका अनुसार वरियताको खेलसमेत खेल्नुपर्ने छ। नेपालले लगातार जित निकालेमा फाइनलपुग्नेछ भने सेमीफाइनलमा हार बेहोरेमा पनि वरियताका लागि खेल खेल्नु पर्नेछ।

प्रकाशित: २०८० जेठ ९ गते मङ्गलबार ११:२९
प्रतिक्रिया

थप समाचार

कप्तानबाट बर्खास्त भएका हरिहजुरले फिर्ता लिए प्रशिक्षणबाट आफ्नो नाम

काठमाडौं – स्वास्थ्यको कारण देखाउँदै राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान हरिहजुर थापाले एसियाडको प्रशिक्षणबाट आफ्नो नाम फिर्ता लिएका छन्। चीनमा हुने एसियाली खेलकुदका लागि िभलिबल संघले बोलाएको...

भलिबलका हरीहजुर बर्खास्त, मान बहादुर बने नयाँ कप्तान

काठमाडौं – नेपाल भलिबल संघले हरिहजुर थापालाई बर्खास्त गरेर मानबहादुर श्रेष्ठलाई नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको नयाँ कप्तान नियुक्त गरेको छ। नेपाल भलिबल संघको हिजो सोमबार बसेको कार्यसमिति...

भलिबल खेलाडी अमृत क्षेत्रीद्वारा पत्रकारमाथि हातपातको प्रयास

काठमाडौं – टिपटप नेपालका खेलाडी अमृत क्षेत्रीले भलिबल प्रतियोगिताको फाइनलको रिपोर्टिङका लागि पुगेका पत्रकारमाथि हातपातको प्रयास गरेका छन्। मिडिया बक्समा बाहिरको मानिस प्रवेश गरेर आफूलाई...

एपिएफलाई हराउँदै पुलिसले जित्यो एनभीए भलिबल लिगको उपाधि

काठमाडौ – काठमाडौंमा आज सम्पन्न भएका सातौं संस्करणको महिला तथा पुरुष एनभिए पिएम क्लब भलिबलमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामा आजै सम्पन्न भएको...

एनभीए भलिबल लिगः पुलिसले आर्मीलाई हरायो

काठमाडौं – नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सातौ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग प्रतियोगितामा नेपाल पुलिस संग पराजित भएको छ। चौथो खेल सम्म अपराजित आर्मीलाई आज...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना