काठमाडौँ- टिकटक भिडियो बनाएर नर्सहरूको चरित्रहत्या गरिएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको हो। नेपाल नर्सिङ संघको अगुवाईमा विरोध प्रदर्शन गरिएको हो।
भिडियोमा चितवनस्थित बीपी क्यान्सर अस्पतालमा बिरामी र एक नर्सबीच भएको चर्काचर्कीलाई देखाइएको थियो। वैशाख २८ गते टिकटकमा राखिएको उक्त भिडियोमार्फत् समग्र नर्सिङ क्षेत्रलाई विभिन्न दोषारोपण गरिएको भन्दै संघले आपत्ति जनाएको छ।
बिना अनुमति टिकटकमा राखेर नर्सको पेशागत प्रतिष्ठामा आँच पुर्याएको भन्दै संघले दोषीलाई कारबाहीको माग गरेको छ भने कुनै अमुक घटनामा जोडेर समग्र नर्सिङ क्षेत्रप्रति नकारात्मक धारणा नबनाउन पनि उसको आग्रह छ।
उक्त भिडियोमा नकारात्मक रिपोर्ट गरिएपछि टिकटकले प्रतिबन्धन लगाएको छ।










