काठमाडौँ- नेपाल सुपर लिग(एनएसएल)को मुख्य प्रायोजकका रूपमा एनसेल हुने भएको छ। शुक्रबार ललितपुरको द प्लाजामा आयोजित एक कार्यक्रममा सम्झौतामा हस्ताक्षर भएको हो।
एनएसएलको तर्फबाट अध्यक्ष आश्रयता कार्की र एनसेलकोतर्फबाट चिफ कमर्सिएल उमेर मोहसिनले हस्ताक्षर गरेका हुन्।
संस्करणको लागि सम्झौता भएको दुवै पक्षले खुलाएका हुन्। यस संस्करणको एनएसएल चैत १६ गतेबाट हुने गरी मिति तय गरेको छ।
यस संस्करणको एनएसएल उपाधिका लागि ७ वटा टिमले प्रतिस्पर्धा गर्नेछन्।


