काठमाडौँ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कालीकोटमा भेडा फार्म सुरू गरेको छ।
कालिकोट नरहरिनाथ गाउँपालिका-५, रुप्साको चिसापानीमा त्रिवेणी साझेदारी भेडा फार्म सुरू गरेको हो।
फागुन १८ गते महासचिव विप्लवले उद्घाटन गरेका छन्।
विप्लव नेतृत्वको नेकपाले कपिलवस्तुमा कृषि फार्म सञ्चालन गरिरहेको छ भने जुम्लाको हिमा गाउँपालिका–७ धाँचुमा चार हजार स्याउ फार्म सञ्चालन गरिरहेको छ।






