ललितपुर– साझा यातायताले ‘होप अन होप अफ’ बससेवा सुरु गरेको छ। काठमाडौँ उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुलाई जोड्नका लागि यस्तो बससेवा सुरु गरिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायात, ललितपुरको सहकार्यमा विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदालाई यो सेवाले जोड्नेछ।
पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म पुगने गरी सम्पदा घुम्ती बससेवा परीक्षण सञ्चालन गरिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री श्री सुदन किराँतीले रिबन काटेर बससेवा सुरु गरेका थिए।









