२०८३ कार्तिक १७ गते सोमबार

अमेरिकामा ‘साहसिक पर्यटन राजधानी’का रूपमा प्रस्तुत भयो नेपाल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २७
WhatsApp Image 2025-03-10 at 10.44.56 AM (1)

काठमाडौँ– अमेरिकाको कोलोराडोस्थित डेन्बरमा ‘ट्राभल एण्ड एड्‌भेन्चर शो-२०२५’मा नेपालको पर्यटन प्रवर्द्धन गर्न विशेष कार्यक्रम गरेको छ। नेपालको साहिसिक पर्यटनलाई विश्वसमुदायमाझ पुर्‍याउन बोर्डले दिएको प्रस्तुतिमा नेपाललाई ‘साहसिक पर्यटन राजधानी’का रूपमा चित्रित गरिएको हो।

यही मार्च ८-९ मा सम्पन्‍न शोमा बोर्डले एक विशेष कार्यक्रम साहसिक पर्यटनका लागि नेपाल सुरक्षित गन्तव्य भएको उल्लेख गरिएको थियो। बोर्डका कार्यकारी समिति सदस्य ऋषिराम भण्डारीले नेपालको पर्यटकीय क्षेत्र विविधीकरणमा आधारित रहेको भन्दै अमेरिकी पर्यटन व्यवसायीलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गराउने कार्यक्रम ल्याउन आग्रह गरे।

बोर्डले कार्यक्रममा सहभागी पर्यटन व्यवसायीमध्येबाट लक्की ड्रमार्फत एक जनालाई सगरमाथा आधारशिविरसम्मको पदयात्रा नि:शुल्क गराउने भएको छ। उक्त चिठ्ठा अमेरिकी पर्यटन व्यवसायी उपला सेफर्टले जितेकी छन्। उनको नेपाल भ्रमणमा लाग्‍ने खर्च बोर्डले व्यवहोर्ने छ।

‘ट्राभल एन्ड एड्‌भेन्चर शो-२०२५’को वेबसाइट अनुसार नेपाललाई साहसिक यात्रीका लागि अनुपम अनुभव प्रदान गर्ने लेखिएको छ। जसमा भनिएको छ, ‘विश्‍वका ८ हजारभन्दा अग्ला १४ वटा शिखरमध्ये ८ वटा नेपालमै पर्छन्। यसकारण पनि नेपाल ‘पर्वतारोहीको लागि उत्कृष्ट’ गन्तव्य हो। अद्भुत प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता र समृद्ध सांस्कृतिक धरोहरले नेपाललाई साहसिक यात्रा गर्नेहरुका लागि अनुपम अनुभव प्रदान गर्दछ।’

नेपाल पदयात्राबाहेक पर्वतारोहण, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी जम्पिङ, जिप-लाइनिङ, जंगल सफारीजस्ता साहसिक पर्यटकीय गतिविधिहरुले पनि संसारमा चिनिएको उक्त वेबसाइटमा उल्लेख छ।

कोरोना महामारीपछि नेपालमा पर्यटकहरु भित्र्याउनका लागि नेपाल पर्यटन बोर्डले संसारका विभिन्‍न मुलुकहरुमा पर्यटन प्रवर्द्धन, प्रचार र पर्यकीय गतिविधिहरुमा तीव्रता दिइरहेको छ। ‘ट्राभल एण्ड एड्‌भेन्चर शो-२०२५’ मा नेपालका ९ वटा निजी पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो। नेपालले आयोजना गरेको विशेष कार्यक्रममा ५५ वटा अमेरिकी टुर अपरेटर कम्पनीका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

प्रकाशित: २०८१ फाल्गुण २७ गते मङ्गलबार १०:१२
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना