काठमाडौँ– नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर २७ करोड रुपैयाँ ठगी गरेको आरोप लागेका १६ जनालाई काठमाडौँ जिल्ला अदालतमा पुर्याइएको छ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितविरुद्ध मुद्दा दर्ताका लागि आरोपितहरूलाई अदालत पुर्याइएको हो।
यो प्रकरणमा हालसम्म १६ जना पक्राउ परेकाले उनीहरूविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराउने तयारी गरी अदालत पुर्याइएको हो। यसका साथै हाल पक्राउ पर्न नसकेका थप १७ जनासमेत गरी ३३ जनाविरुद्ध मुद्दा चलाउने तयारी गरिएको छ।
यो प्रकरणमा पहिलो चरणको अनुसन्धान सकिएपनि मुद्दा दर्ता भएपछि पनि अनुसन्धान जारी रहने प्रहरीले जानकारी दिएको छ।










